हितराज पाण्डे

व्यक्तिगत विवरण

      

  1. नाम –हितराज पाण्डे   पार्टी नाम – उत्तम
  2. जन्म मिति :- वि. स. २०११ साल असोज ४ गते
  3. स्थायी ठेगाना – तत्कालीन गाइखुर गा.वि.स. वडा नं.–२, हाल पालुङटार नगरपालिका वडा नं. ४, गोरखा
  4. आमाको नाम –दिवंगत साम कुमारी पाण्डे
  5. बुबाको नाम –दिगंवत खिल निधि पाण्डे
  6. पत्नीको नाम–सानु पाण्डे (लोहनी) – अ.ने.शि.सं.को चौथो राष्ट्रिय सम्मेलन चितवनद्वारा निर्वाचित केन्द्रीय उपाध्यक्ष
  7. छोरा–२, छोरी–१
    • जेठो छोरा सहिद मिलन राज पाण्डे (वविन)–जनयुद्वको पूर्णकालीन कार्यकर्ता, सहादत २०६० पुस ४ गते गोरखा जिल्लाको आरखेत वजारमा दिउसो गिरप्तार पछि कब्जामा नै गोली हानी हत्या ।
    • छोरी– वन्दना पाण्डे (प्रतिमा) २०५७ सालदेखि जनयुद्वको पूर्णकालीन कार्यकर्ता, अखिल(क्रान्तिकारी) को पूर्व केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक ।
    • कान्छो छोरा–किरण राज पाण्डे (सञ्जीव)–जनयुद्वको पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना नेपालको कम्पनी भाइस–कमाण्डर, तेस्रो डिभिजन शक्तिखोर चितवन
  8. भाइ –१, बहिनी – ४
    • भाइ–१, डा. केदार राज पाण्डे (भेटेनरी डाक्टर) ।
    • वहिनी–४ : लक्ष्मी पाण्डे, जानकी पन्त, रामेश्वरी जोशी, सरला थपलिया ।
  9. अध्ययन गरेका शैक्षिक संस्था –
    • कक्षा १ देखि एस.एल.सी. सम्म श्री लक्ष्मी हाई स्कुल गाइखुर, गोरखा, एस.एल.सी.–२०२६ सालमा
    • श्री महेन्द्ररत्न पब्लिक कलेज, वसन्तपुर काठमाण्डौंबाट आई.ए. २०३० सालमा ।
    • सानो ठीमि क्याम्पस, भक्तपुरबाट (व्यवसायिक विषय मेजर – काष्ठकार्य, माइनर– औद्योगिक शिक्षा, अर्थशास्त्र, नेपाली विषयमा, वि.एड.–२०३४ सालमा ।
    • त्रि.वि.(प्राइभेट) बाट वि.ए.अर्थशास्त्र, नेपाली – २०३५ सालमा ।
  10. पेशागत विवरण –
    • श्री सर्व शान्ति प्रा.वि. (हालको सर्व शान्ति उ.मा.वि.) कुरिनटार, चितवनको संस्थापक प्रधानाध्यापक, वि.सं. २०२७–२०२८ ।
    • २०३० सालमा गोरखामा नयाँ शिक्षा पद्वतीको योजना लागू भए पछि प्रा.वि. स्तरको स्थायी शिक्षकको नियुक्ति लिई श्री सरस्वती प्रा.वि. हात्ती गौडा, गाइखुर, गोरखामा २०३० साल माघदेखि स्थायी शिक्षण पेशा शुरु ।
    • २०३० साल फागुनमा आई.ए. को रिजल्ट प्राप्त भएपछि स्थायी नि.मा.वि. दरवन्दीमा बढुवा भई श्री लक्ष्मी मा.वि. गाईखुर, गोरखामा नि.मा.वि. शिक्षकको रुपमा सरुवा । नि.मा.वि. शिक्षकमा कार्यरत रहेको वेलामा २०३२–२०३४ सम्म  सेवाकालीन शिक्षकको रुपमा सानो ठिमी क्याम्पसमा बी.एड. गरेको । बी.एड.उत्तीर्ण भएपछि २०३४ सालदेखि २०४५ सालसम्म श्री लक्ष्मी मा.वि. गाईखुर गोरखामा स्थायी मा.वि. स्तरको व्यावसायिक शिक्षकको दरवन्दीमा  रहेर पढाएको । सोही विद्यालयमा सहायक प्रधानाध्यापक भई काम गरेको ।
    • २०४६ सालदेखि २०४९ सालसम्म श्री लक्ष्मी मा.वि. गाईखुर, गोरखामा मा.वि. प्रधानाध्यापक भई अध्यापन  गरेको ।
    • २०४९ सालमा लक्ष्मी मा.वि. गाइखुर, गोरखाबाट मा.वि. प्रधानाध्यापक पदमा सरुवा भई २०५२ माघसम्म श्री जीवन ज्योति मा.वि. च्याङ्गली, गोरखामा २०५२ माघसम्म सोही विद्यालयमा मा.वि. प्रधानाध्यापक पदमा काम गरी २०५२ माघमा राजिनामा गरेको ।
    • २०५२ माघ २८ गते देखि आफ्नो २२ बर्षको स्थायी शिक्षण पेशाबाट राजिनामा दिएर तत्कालीन ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्वमा सहभागी भएको ।
  11. शिक्षक संङ्गठनमा सहभागिता–

 

  • नेपाल राष्ट्रिय शिक्षक संङ्गठनको स्थापना २०३६ सालदेखि नै त्यस संगठनको सदस्य, क्षेत्रीय अध्यक्ष हुदै २०५२ सालसम्म ने.रा.शि.सं. गोरखाको तर्फवाट केन्द्रीय प्रतिनिधि भएर काम गरेको ।
  • अखिल नेपाल  शिक्षक संङ्गठनको संस्थापक केन्द्रीय सदस्य (प्रथम राष्ट्रिय भेला–२०५० द्वारा निर्वाचित)
  • अखिल नेपाल  शिक्षक संङ्गठन प्रथम राष्ट्रिय संम्मेलन आयोजक समितिको अध्यक्ष (द्वितीय राष्ट्रिय भेला–२०५१ द्वारा निर्वाचित)
  • अखिल नेपाल  शिक्षक संङ्गठन प्रथम राष्ट्रिय संम्मेलनद्वारा निर्वाचित केन्द्रीय  अध्यक्ष (२०५२ माघ, चितवन)

    12. जनयुद्ध शुरु भएपछि स्थापित संगठनहरु –

  • संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल केन्द्रीय समितिको संस्थापक सदस्य भई २०५८ देखि २०६२ सम्म ४ वर्ष काम गरेको ।
  • जनक्रान्तिका महान् सहिद परिवार समाज, नेपालको संस्थापक केन्द्रीय सदस्य, केन्द्रीय संयोजक ।
  • सहिद प्रतिष्ठान नेपाल २०६४ सालमा स्थापना हुँदा संस्थापक केन्द्रीय उपाध्यक्ष, केन्द्रीय अध्यक्ष, हाल केन्द्रीय सल्लाहकार ।

    13. जनमुक्ति सेना – 

  • जनयुद्वको थालनी २०५२ फागुनदेखि सुरक्षा दल कमाण्डर, गोरखा जिल्ला सैन्य आयोगको सदस्य, इन्चार्ज / गोरखांतनहुँ र गोरखांलमजुङ्गंमनाङ्ग जिल्लाको सैन्य आयोगको ईन्चार्ज ।
  • तत्कालीन ने.क.पा. (माओवादी) मध्य क्षेत्रीय व्यूरो अन्तरगतको सैन्य फर्मेसन पहिलो प्लाटुनको राजनीतिक आयुक्त, (प्लाटुन कमिसार), सोही व्यूरोमा रहेको कम्पनीको राजनीतिक  आयुक्त (कम्पनी कमिसार), तत्कालीन लिस्ने–गाम तेस्रो वटालियनको (सेती–महाकाली क्षेत्रमा कार्यरत) राजनीतिक आयुक्त (वटालियन कमिसार), तत्कालीन लिस्ने–गाम तेस्रो व्रिगेडको राजनीतिकको आयुक्त (व्रिगेड कमिसार), तत्कालीन वासु स्मृति चौथो व्रिगेड (गण्डक क्षेत्रमा कार्यरत) को राजनीतिक आयुक्त (व्रिगेड कमिसार) भई काम गरेको ।

 

 

   14. पार्टी –

 

  • २०३६ वैशाखमा तत्कालीन ने.क.पा. (चौ.म.) मा गोरखमा पार्टी सदस्यता प्राप्त गरेको ।
  • गोरखामा नै पार्टीको एरिया कमिटी सेक्रेटरी, जिल्ला पार्टी सदस्य, जिल्ला पार्टी सेक्रेटरियट सदस्य हुदै २०५३ असोजदेखि तत्कालीन ने.क.पा. (माओवादी) गोरखा जिल्ला पार्टीको  सेक्रेटरी भई जिल्ला पार्टीको नेतृत्व सम्हालेको ।
  • २०५३ असोजदेखि तत्कालीन ने.क.पा. (माओवादी) मध्य क्षेत्रीय व्यूरो अन्तरगतको ‘क’ उप–क्षेत्रको उप–व्यूरो सदस्य ।
  • २०५३ पुसदेखि गोरखांतनहुँ जिल्ला पार्टीको सेक्रेटरी भई यी दुई जिल्लाको नेतृत्व सम्हालेको ।
  • २०५५ साउनदेखि तत्कालीन ने.क.पा.(मााओवादी) को मध्य क्षेत्रीय व्यूरोको क्षेत्रीय व्यूरो सदस्य ।
  • २०५५साउनदेखि गोरखां + लमजुङ्गं + मनाङ्ग जिल्ला पार्टीको सेक्रेटरी तथा इन्चार्ज भई यी तीन जिल्लाको नेतृत्व सम्हालेको ।
  • २०५७ साल फागुनमा सपन्न तत्कालीन ने.क.पा. (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनद्वारा पार्टीको पूर्ण केन्द्रीय सदस्यमा निर्वाचित । त्यही समयदेखि तत्कालीन मध्य क्षेत्रीय व्यूरो अन्तरगतको ‘क’ उपक्षेत्रको ईन्चार्ज ।
  • २०६१ देखि पार्टीको पोलिटव्यूरो सदस्य, (एक तहतल रहने पार्टीको नीति हुँदा केन्द्रीय सदस्य) ।
  • २०६१ फागुन देखि गण्डक क्षेत्रीय व्यूरोको सह–ईन्चार्ज, २०६२ कार्तिकदेखि पश्चिम विशेष क्षेत्रीय व्यूरो (चितवन, गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा र मकवानपुर पश्चिम) को ईन्चार्ज ।
  • २०६३ देखि २०६९ साउनसम्म तत्कालीन ने.क.पा. (माओवादी), (२०६५ पुस पछि एकीकृत ने.क.पा. (माओवादी)) तमुवान राज्य समिति (गोरखा, तनहँु, लमजुङ्ग, मनाङ्ग, कास्की, स्याङ्गजा, पर्वत र मुस्ताङ्ग) को ईन्चार्ज ।
  • २०६९ भाद्रदेखि २०७२ पुससम्म एकीकृत ने.क.पा. (माओवादी) को पी.बी.यम. तथा केन्द्रीय कार्यलय पेरिसडाँडा कोटेश्वरको मुख्य सचिव ।
  • २०७२ कार्तिकदेखि पार्टी पी.बी.एम.तथा प्रमुख सचेतक, एकीकृत ने.क.पा. (माओवादी) व्यवस्थापिका–संसद दल ।

 

   15.जन प्रतिनिधि-

  • २०७० मङसिर ४ मा संपन्न संविधान सभाको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं. २ बाट २०,७९१ मत ल्याएर विजयी (निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी रवि कला शर्मा न्यौपाने ७,९२९ मत) ।
  • संविधान सभामा संविधान मस्यौदा समिति सदस्य, संविधान मस्यौदा समिति अन्तरगतको कार्यपालिका उप–समिति को संयोजक र संविधान मस्यौदा समिति अन्तरगतको संविधान मस्यौदा कार्यदलको सदस्य ।
  • व्यवस्थापिका–संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समिति सदस्य ।
  • २०७२ कार्तिकदेखि एकीकृत ने.क.पा. (माओवादी) व्यवस्थापिका–संसद दलको मुख्य सचेतक ।